महोत्तरी । नेपालको जेठो गुरुकुलको संरक्षण, संवर्द्धन र विकास गर्न सबै राजनीतिक दलको दायित्व र कर्तव्य रहेको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बाताएका छन् ।

३०४ वर्ष पुरानो राजकीय सांस्कृत माध्यमिक विद्यालय मठिहानी महोत्तरीको अवलोकन भ्रमण गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

” प्राचीन गुरुकुलमा आउन पाउनु मेरो लागि स्वभाग्य र खुशीको विषय हो । प्राचीन इतिहास बोकेको गुरुकुलबाट दीक्षित भएका व्यातित्व र यहाँको गौरवशाली इतिहास बारे जान्ने मौका प्राप्त भयो ” , उनले भने , ” यो गुरुकुल मधेशकै मात्र होइन देशकै गौरवको ठाउँ हो । गुरुकुलको संरक्षण, संवर्द्धन र विकास गर्न सबै राजनीतिक दलको दायित्व र कर्तव्य बन्छ । ”

बि. स. १७७५ मा स्थापना भएको गुरुकुलका प्रधानाध्यापक इश्वरी प्रसाद पौडेलले अध्यक्ष राउतलाई गुरुकुलमा स्वागत गरेका थिए । गुरुकुलका बटुकहरुले स्वस्तिक वाचन गरेर उनलाई स्वागतको माहौल बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर