
गणेश कुशवाहा, गौशाला । तीब्र गतिको कारण दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । शुक्रबार महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ घर भएको खडका प्रसाद शर्माको स्कुटर दुर्घटना हुँदा उनको घटनास्थलमा मृत्यु भएको हो । जनकपुरबाट बर्दिवास आउने क्रममा तीब्र गतिमा रहेको प्रदेश २-०२ ००३ प ९५८९ नं। को स्कुटर अनियंत्रित भएर बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको थियो।
धनुषाको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालीम केन्द्र ,नकटाझिज, धनुषा नजिक शर्माको अनियंत्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जानकारी दिएको छ।