गौशाला । महोत्तरीको गौशालामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नम्बर ४ बस्ने राजिब महतोकी छोरी बर्ष ६ कि प्रियंका कुमारी महतो रहेको प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका वडा नंम्बर ४ रजखोर स्थित रहेको जनता माबि बिद्यालयको प्राङ्गनमा शुक्रबार दिउसो करीब ४ बजेको समयमा खेलिरहेको क्रममा बिषालु सर्पको टोकाईबाट सिकिस्त भएकी प्रियंकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही बिद्यालयको कक्षा एकमा पढिरहेकी प्रियंका साथीहरुसंग प्राङ्गनमा खेलीरहेको अबस्थामा शर्पले टोकेको थियो । आनन फाननमा परिवारजनले बर्दिबास स्थित शर्प दंश उपचार केन्द्रमा लगे पश्चात उपचारको क्रममा मृत्यु भएको हो । बिधालय परिसर सरसफाई नहुदा यस्ता घटना घटेको स्थानीयहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर