गौशाला । महोत्तरीको औरही नगरपालिका–१ औरही स्थितमा जङ्गहा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गर्ने २ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएका छन् । शनिबार बेलुका जङ्गहा खोलाबाट अबैध रुपमा बालुवा उत्खनन तथा ओसार प्रसार भईरहेको सूचना पश्चात प्रहरीले खोलाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी चौकी औरहीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरको नम्बर ज १ त ६३५८ र अर्को सोनालिका ट्याक्टरमा नम्बरपलेट न भएको र ट्रयाक्टर आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति महोत्तरीको कार्यालयमा बुझाइने प्रहरी चौकी औरहीका इन्चार्ज शम्भु यादवले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर