
बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशालामा अवैध उत्खनन गरि रहेको अवस्थामा एक स्काईभेटर सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गौशाला नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै अवैध नदी उत्खनन रोक्न काडा निर्देशन दिएको २४ घण्टा नवित्दै मरहा नदीमा विहीबार दिउँसै नदी उत्खन्न गरि रहेको अवस्थामा एक स्काईभेटर र चालक सहित नियन्त्रणमा लिएका छ्न।
चालक भारत घर भएका २० बर्षिय रोशन सिंह रहेको नगरपालिकाको कार्यालयले जनाएको हो। गौशाला नगरपालिकाको मरहानदीमा उत्खन्न गरि रहेको सुचना पाप्त भए पछि सशस्त्र प्रहरीको साहयोगमा स्काईभेटरलाई नियन्त्रणमा लिएको र स्काईभेटर कालिका बनी वालुवा तथा वासिंग सेन्टर गौशालाको नाममा रहेको नगरपालिकाका कार्यालयले जनाएको छ ।