
बर्दिबास । सर्वाधिक भीड हुने यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासमा विहिवार सिस्टमले काम नगर्दा सेवाग्राही सास्तीमा परे । झण्डै ४० डिग्रीको प्रचण्ड गर्मी । उसमाथि हजारबढी सेवाग्राहीको चाप । सिस्टम अवरोधसंगै अपरान्हतिर कार्यालयका सवै कंप्यूटरले अचानक काम गर्न छाडेपछि समस्या खडा भएको हो । समस्या कसरि ब्यवस्थापन गर्ने ? कर्मचारी असमंजसमा परे । खोटाङदेखि सिन्धुली र सिरहादेखि रौतहटसम्मबाट आएका सेवाग्रलाई निल्नु न ओकल्नु भयो ।
‘जाउ की पर्खौ अलमल्ल भो’ लाममा पालो पर्खिरहेको एक सेवाग्राहीले पीडा पोखे । यही पीडा प्रतिक्षारत हजारबढी सेवाग्राहीको थियो ।
ज्वाव यातायात कर्मचारीसंग थिएन् । कारण सिस्टम माथिबाटै अवरुद्ध भएको थियो । कार्यालय प्रमुख पोषण थापाले ‘जीआईडीसी’ अर्थात ‘गोभरमेन्ट ईन्टिग्रोटेड डाटा सेन्टर’ मा गडवडी आएकोले अपरान्ह करिव ३ घण्टा सेवा अवरुद्ध भएको बताए । सुरुमा त यातायातको केन्द्रिय कार्यालयसमेत समस्याको कारणबारे स्पष्ढ हुन सकेन ।
सेवा बर्दिबासमा मात्र नभई मुलुकभरमै अवरुद्ध भएकोले चीत्त बुझाउने यही एउटा ठाँउ थियो । केन्द्रको इन्जिनियरिङ शाखाले निकैवेरपछि केवुल चुडिएकाले देशैभर समास्या आएको जानकारी गरायो ।
कार्यालय प्रमुख थापाका अनुसार सिस्टम नचल्दा सवारी रजिष्ट्रसन (भीआरएस), राजस्व असुली जस्ता सेवा ठप्प भएका हुन् ।
‘सेवाग्राहीको सर्वाधिक चाप हुने आर्थिक वर्षको समान्त आएर सिष्टममा अवरोध आपछि हामीले कसरी चित्त बुझाउने ?’ कार्यालय प्रमुख थापाले प्रति प्रश्न गरे ‘अनि राजस्वको लक्ष कसरि चुम्ने ?’ सेवाग्राहीको बढदो चाप र कर्मचारी अभावका कारण यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासले साता दिनदेखि विहान ८ वजे नै सेवा दिन थालेदेखि सवैले राहत महशुश गरेको थियो । यसले राजस्व असूलीमा समेत सकारात्मक प्रभाव पारेको थियो।
तर कर्मचारीको त्यो योगदान समेत सिस्टमसंगै प्रभावहीन बन्ने गरेको छ । लामो अन्योल र उकुसमुकुसपछि अपरान्ह करिव ४ वजेतिर बल्ल सिस्टम सुरु भयो । तर ३ घण्टाको अवरोधलाई व्यवस्थापन गर्न टाढाकालाई प्राथमिकता दिएर कर्मचारीले काम सुरु गरेपछि सबैले राहत महशुश गरे । साँझ पर्न लागेकोले ब्लूवुक र राजस्व रकम कर्मचारीले जिम्मा राखेर नजिकका सेवाग्राहलाई घर जान आग्राह गरिएको छ । ‘कर्मचारीसंगै सेवाग्राही सास्तिमा परुन भनेर नजिककालाई घर पठाएका छौं’ थापाले भने ‘रातभर लगाएर पनि हातमा आएका ब्लूबुकको काम सक्नै पर्ला ।’
यो खबर रविन्द्र उप्रेतीले आजको प्रभात संदेश दैनिकमा लेखेका छन् ।