
गौशाला । महोत्तरीको पिपरा गाँउपालिकाले पालिकाभित्र करारमा कार्यरत कर्मचारीहरुलाई साउन १ देखि हाजिर नगर्न सुचना जारी गरेको छ ।
पिपरा गाँउपालिकाको ९ औं गाँउसभाको निर्णयानुसार करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गाँउपालिकाले सूचना प्रकाशित गरेर करारका कर्मचारीहरुलाई हाजिर नगर्न भनेको छ ।
गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरले हस्ताक्षर गरेको पत्रमा गाँउसभाले करारका कर्मचारीहरुलाई हाजिर नगर्न, नगराउन भन्ने निर्णयपछि गाँउपालिकाले सूचना जारी गरेको हो ।