जनकपुरधाम । मिथिला नगरपालिका स्थित नक्टाझिझमा तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना पुरुष गम्भिर घाईते भएका छन् ।

शनिबार बिहान करिब ८ बजेको समयमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् ।

जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२ ००४ प ६७४१ नम्बरको मोटरसाईकलले नक्टाझिझ चोकमा ज ११ प ६०९३ मा सवार बर्ष ६० का महेन्द्र महतोलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

६ लेनको बाटोमा सिँगल लेनतर्फ तीव्र गतिमा आएको पल्सर मोटरसाईकलले महेन्द्र महतोको मोटरसाईकललाई ठक्कर दिएको थियो । उत्तर–दक्षिणतर्फ रहेको सो सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ मोटरसाईकल घुमाउन खोज्दा पल्सरबालाले ठक्कर दिएको थियो ।

ठक्करदिएपछि दुवै जना गम्भिर घाईते बनेका छन् । पल्सर चालकको नाम अझै खुल्न सकेको छैनन् भने दुवै जनालाई उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुरयाएको प्रहरीले जनाएको छ ।

सिँगल भएको कारण विपरित दिशाबाट कुनै सवारी अवरोधन नै नगर्ने मानसिकताले तीव्र गतिमा सवारी चलाउँदै आएको सो सडकखण्डमा सबभन्दा बढी दुर्घटना नक्टाझिझमै हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर