
जनकपुरधाम : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका करारका कर्मचारीहरु आजदेखि हटाइएका छन् ।
शुक्रबार प्रतिष्ठानले एक सूचना प्रकाशित गरी मिति २०७७।०७।२५ गते पछिका नियुक्तीहरु मध्ये तत्कालिन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभएसम्म हाजिर नगराउने जनाएको छ ।
सो अवधिमा भर्ना भएका करारका कर्मचारीको आज (सोमबार)देखि हाजिरी तथा कामकाज नगर्न नगराउन प्रतिष्ठानले जानकारी गराएको हो ।
‘प्रस्तुत विषयमा यस प्रादेशिक अस्पताल, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा मिति २०७७।०७।२५ गते पछिका नियुक्तीहरु मध्ये तत्कालिन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण कर्मचारीहरुलाई आगामी आ.व. २०७९।०८० को श्रावण १ गते देखि म्याद थप नहुँदासम्म कार्यालयमा हाजिर नगर्नरनगराउन साथै कामकाज नगर्नरनगराउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ‘, अस्पताल प्रशासन प्रमुख कृष्णदेव दासले निकालेको सूचनामा उल्लेख छ ।