
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्रको दौडाहमा पुगेका छन् ।
आज (बिहीबार) चितवन क्षेत्र नम्बर ३ मा रहेको माडी नगरपालिकामा पुगेर प्रचण्डले नमुना चेपाङ बस्तीको उद्घाटन गरेका छन् । माडी नगरपालिका वडा नम्बर ९ को राई डाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट कुसुमखोला नमुना चेपाङ बस्ती आवास कार्यक्रमको उद्घाटन गरेका छन् ।
यस क्षेत्रमा ४१ परिवारका लागि घर निर्माण हुँदै छन् । जसमध्ये १८ घर निर्माण सम्पन्न भएका छन् ।
त्यस्तै, प्रचण्डले बिहीबार नै परवी खोला पुलको उद्घाटनसमेत गरेका छन् । यसैगरी, उनले माडी नगरपालिका वडा नम्बर २ मा कालोपत्र सडकको समेत उद्घाटन गरेका छन् ।