
जनकपुरधाम । जनकपुर क्षेत्रको प्रसिद्ध ज्ञानकेन्द्र मानिएको जनकपुरको राराब क्याम्पसमा टिकटोकमा भिडियो बनाएर नाच्ने युवतिले गुण्डा परिचालन गरेकी आरोप लगाइएको छ ।
राराब कलेजमा पढन गएकी एक महिलाले पढाई लेखाई छाडेर कक्षामै क्याम्पस पोशाकसहित टिकटोक भिडियो बनाएर सार्वजनिक गरेपछि भएको टिकाटिप्पणीले उनी गुण्डा बोलाएर विद्यार्थी कुट्ने योजना बनाएको आरोप लगाईएको छ ।
ydvziddiqueen आईडी नामक टिकटोकमा एक प्रहरी असईकी श्रीमति समेत रहेकी राराब कलेजकी विद्यार्थी मनिषा यादवले आफू प्रहरी असईको श्रीमति हुँ भनेर फेसबुक मेसेन्जरमा अभद्र गाली गलौजसहित जिन्दगी बर्बाद पारिदिने धम्की समेत दिएकी हुन् ।
सोही कलेजमा पढने अजय पण्डित नामक एक विद्यार्थीले मनिषा आफैँले सार्वजनिक गरेकी टिकटोक भिडियोलाई उठाएर आफ्नो फेसबुक पेजमा राखेपछि उनलाई ज्यान मार्ने धम्कीसम्म दिइएको छ ।
मनिषाको फेसबुक आईडीबाट नेपाली भाषामा अभद्र, अश्लिल गाली गलौजसहित आफू असईको श्रीमति हुँ भन्दै जिन्दगी बर्बाब पारिदने धम्की समेत दिएकी हुन् । उनले विद्यार्थी पण्डितको अन्य भिडियो, स्टेटसमा गएर गाली गलौज गरिरहेकी छिन् ।
प्रहरी असईकी श्रीमति हुँ भन्दै घमण्ड र आवेगले मातेकी मनिषाले क्याम्पसभित्र क्याम्पसको ड्रेसमा टिकटोक भिडियो बनाउनु अनुशासन विपरित रहेको भएपनि उनले आफैँले जारी गरेको भिडियो राखिएपछि उनी जिन्दगी बर्बाद पार्ने धम्की दिनसम्म भ्याइन् ।
यति मात्र होईनन्, मनिषाले समाजिक सँजालमा करिब आधा दर्जन युवकहरुलाई लगाएर विद्यार्थी पण्डितलाई विभिन्न प्रकारको धाक धम्की, ज्यान मार्ने धम्की, जिन्दगी बर्बाद पार्ने धम्की, अश्लिल गाली गलौज गर्न गुण्डा नै परिचालन गरिन् ।
मनिषाले सो भिडियो फेसबुकबाट डिलिट गरिदिन आग्रह भन्दा पनि सुरुदेखि नै असईको श्रीमति हुँ भन्दै धाकधम्की लगाएपछि पण्डितले भिडियो डिलिट गर्न मानेन् । पछि आग्रह गर्न थालेपछि उनले भिडियो डिलिट गरेका थिए ।
विद्यार्थी पण्डितले भिडियो डिलिट गरेपछि मनिषाको मन झन बढेको देखिन्छ । भिडियो डिलिटपछि पनि उनले त्यहाँ रोकिएनन्, आईतबार क्याम्पसमा बाहिरबाट गुण्डा नै बोलाएर विद्यार्थी पण्डितमाथि हातपात गराउने षडयन्त्र रचिएको थियो ।
आफ्नो श्रीमान प्रहरीमा असई हो भन्दै उनले जे पनि गर्न पाउने भन्दै घमण्ड पालेकी हुन् । फेसबुक पेजमा फेक आईडीहरु बनाएर उनले विद्यार्थी पण्डितलाई बदनाम गर्नुको साथै बाहिरबाट मान्छे बोलाएर झगडा गराउने षडयन्त्र गरेको आरोप पण्डितले लगाएका छन् ।
मनिषाले मेसेन्जरमा पठाएको असईको फोटोमा सरोज कुमार यादव लेखिएको छ । उनी ईलाका प्रहरी कार्यालय खजुरीमा कार्यरत छन् ।
मनिषाको मेसेन्जरबाट गरिएको मेसेजमा मनिषाको लेखाईभन्दा पनि अन्य जनाले नै गाली गलौज गरिएको समेत आशँका पण्डितले गरेका छन् ।
राराब क्याम्पस सुधारोन्मुखतर्फ गईरहँदा यी टिकटोकियाहरुले झन पुनः वातावरण बिगार्न लागेको गुनासो गरिएको छ । शिक्षालयभित्रको अनुशासनलाई धज्जिया उडाउँदै राराबको अस्तित्वलाई सुधारने प्रयासमा बाधक बनेको देखिएको छ ।
यस सन्दर्भमा क्याम्पस चिफ प्रदीप प्रसाद साहसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् । -न्यूज ब्यूरो