
महोत्तरी । महोत्तरीमा आफ्नै भतिजोले काकालाई कोदालोले काटेर हत्या गरेका छन ।
पिपरा गाउपालिका ५ सहोडवा दास टोल निवासी ४० वर्षिय रामनाथ दासले आफ्नै काका ६० वर्षिय राम बहादुर दासलाई कोदालोले काटेर हत्या गरेका हुन खेतमा काम गरेर सोहि गाउ नजिकैको स्थानिय स्व. देवु झाको आपको बगैचामा आराम गरिरहेका भतिजोलाई खाना खानको लागि भन्न आएकोकाकालाई रामनाथले काटेको घटना स्थलमै भेटिएका स्थानियहरुको भनाई छ ।
यता आरोपी रामनाथ प्रहरी नियन्त्रणमा रहेको र घटनाको सुक्ष्म अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । उनले शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल ल्याइएको बताए । घटनाको यकिन कारण तत्काल खुल्न नसकेको बताउदै डिएसपी विष्टले आरोपीलाई घरबाटै पक्राउ गरिएको बताए ।
घटना स्थलमा रहेका स्थानियहरुका अनुसार खेतमा काम गरेर वगैचामा सुतिरहेको रामनाथलाई उनका काकाले खाना खानको लागि भन्न आउदा रिसमा आएर आफुसंगै रहेको कोदालोले प्रहार गरेकोमा उनको टाउको दुई टुक्रा भएर तत्काल नै मृत्यु भएको थियो । विहिवार करिव ४ बजे प्रहरीले घटना वारे जानकारी पाएर घटना स्थल पुगेर लासको मुचुल्का उठाएका छन ।
यता घटनाको यकिन समय तत्काल नखुलेपनि अपरान्ह करिव २ बजे घटना घटेको हुनुपर्ने स्थानियहरुले बताए ।
आरोपी रामनाथ भने पहिले पनि कर्तव्य ज्यान मुद्दामै सात वर्ष जेल सजाय काटेर एक महिना पहिले नै छुटेर घर आएका हुन ।