
बिबेक कुमार महतो, गौशाला । महोत्तरी रग्बी संघको पहिलो अधिबेशन सम्पन्न भएको छ ।
महोत्तरीको बर्दिबासमा अयोजना भएको पहिलो अधिबेशनबाट जिल्ला अध्यक्षको पदका लागि सुरेन्द्र साहलाई चयन गरिएको छ । तेस्तै उपाध्यक्षमा टंकहरी खत्तिवडा, सचिवमा विरेन्द्र महतो, कोषाध्यक्षमा निभा कुमारी यादव, सदस्यहरुमा सन्ताष साह कानु, मोहन कुमार खत्री, प्रसान्त कुमार साह, ओम नारायण साह, कमला शिल्पकार, मिलन चौधरी र जिवन लाल सिल्पकार चयन भएको हो ।
महोत्तरीको १५ वटै पालिकामा कल्ब गठन गरी खेलकुदहरु गराउने साथै प्रदेशमा नयाँ खेल रहेको हुदा खेलाडीहरुलाई झन उर्जा प्राप्त हुने अध्यक्षको साहको भनाई छ । अधिबेशन मधेश प्रदेशको प्रमुख हरि शंकर महतोको उपस्थितीमा सम्पन्न भएको थियो ।
अध्यक्ष साह यस अघि जन सहयोगि युवा सञ्जाल बर्दिबासको महासचिव भई हाल बर्दिबास युवा सञ्जालको अध्यक्षको पदमा सक्रिय छ ।