
सर्लाही । सर्लाहीको इश्वरपुर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवम् जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक सांसद प्रमोद साहलाई नेकपा एमालेका कार्यकर्ताहरुले सांघातिक हमला गरेको आरोप लगाएको छ ।
जसपाले शनिबार एक विज्ञप्ति जारि गरी नेकपा एमालेका कार्यकर्ताहरुले जसपाका सांसद साह माथि सांघातिक हमला गरेको जनाएको छ ।
पार्टीको कामका सिलसिलामा गृह जिल्ला पुगेका साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी उनीलगयत दर्जनौं कार्यकर्ताहरु घाइते हुनेगरी भएको घटना निन्दीनय रहेको जारी विज्ञप्तिमा भनिएको छ ।
घटनामा घाइते सांसद साह लगायत सम्पूर्ण घाइतेहरुमा शीघ्र स्वास्थ्यलाभको कामना तथा उहाँहरुको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ ।