काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश गरेका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालयमा उनलाई पार्टी प्रवेश गराएका हुन् ।
सानेपास्थित केन्द्रीय कार्यालयमा यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वउपसभापति विजयकुमार गच्छदार, महामन्त्री गंगन थापा लगायतले खादा, माला र अबिर लगाएर स्वागत गरे ।
कांग्रेस प्रवेशको क्रममा यादवले आफूसहित लोसपाका ७ सय कार्यकर्ता कांग्रेसमा आउने तयारीमा रहेको बताए ।
पार्टी प्रवेशपछि बोल्दै यादवले नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको यो पार्टीमा प्रवेश गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले काग्रेस प्रवेश गरेको हुँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर