• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

निजी विद्यालयहरूको आन्दोलन : शिक्षा विधेयकविरुद्ध जनकपुरमा प्रदर्शन

९ भाद्र २०८२, सोमबार २२:१२

विद्यालय शिक्षा विधेयकमा समावेश गरिएका केही प्रावधानहरू प्रति असहमति जनाउँदै निजी विद्यालयहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। आज भाद्र ९ गते बिहान मधेस प्रदेशको राजधानी जनकपुरमा उनीहरूले विरोध प्रदर्शन गर्दै मधेस प्रदेश सभा अगाडि कोणसभा आयोजना गरेका छन्। प्राज्ञिक वर्गलाई समेत सडकमा आउन बाध्य पारिएको अवस्था संयोग नभई नियोजित षड्यन्त्रको परिणाम भएको भन्दै उनीहरूले सरकारको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन्।

निजी विद्यालय सञ्चालकहरूको भनाइ अनुसार, राज्यले खरबौँ लगानी गरेका क्षेत्रमा समेत १०% प्रतिफल हासिल गर्न नसकेको अवस्था हुँदा उत्पादनशील र परिणाममुखी निजी क्षेत्रमा अवरोध सिर्जना हुनु दुर्भाग्यपूर्ण हो। सन् २०५७/५८ सालदेखि कम्पनी दर्ता गरी ३४% विद्यार्थीलाई आवश्यक पर्ने पूर्वाधार, जनशक्ति र साधनस्रोत निजी विद्यालयहरूले आफ्नै काँधमा बोकेका छन्। उनीहरूले कर तिर्दै रोजगारी सिर्जना गर्ने मात्र नभई गुणस्तरीय शिक्षा पनि उपलब्ध गराइरहेका छन्। यस्ता संस्थामाथि निरन्तर दबाब सिर्जना हुँदा वैकल्पिक विकल्प नभएका अभिभावकहरू आफ्ना छोराछोरीलाई विदेश पठाउन बाध्य हुने अवस्था आउने चेतावनी उनीहरूले दिएका छन्।

निजी विद्यालयहरूको माग छ—उनीहरूलाई निरुत्साहित नगरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकार अघि सर्नुपर्छ। यसले मात्र देशभित्रै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, युवाहरुलाई अवसर दिन र राष्ट्रलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने उनीहरूको तर्क छ। यस सन्दर्भमा नीति निर्माता र सरोकारवालाहरूले भावनात्मक नभई यथार्थमा आधारित निर्णय लिनुपर्ने र राष्ट्रिय उद्योगी–व्यवसायीलाई सशक्त बनाउन तथा लगानी सुरक्षित गर्नुपर्ने निजी विद्यालयहरूको निष्कर्ष छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

ताजा अपडेट

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.