• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

मधेशमा आज देखि सुरु भयो दाजुभाइ–दिदीबहिनीको प्रेमको प्रतीक समाचकेवा पर्व

१० कार्तिक २०८२, आईतवार १७:०७

महोत्तरी | दाजुभाइ र दिदीबहिनीबीचको स्नेह र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा मनाइने समाचकेवा पर्व आजदेखि मधेशका विभिन्न जिल्लाहरुमा उल्लासका साथ सुरु भएको छ ।

यस पर्वमा विशेषगरी मैथिली र थारू समुदायका महिलाहरूले माटोबाट बनाइएका “समा, चकेवा, चुगला” लगायतका पात्रहरूलाई पूजेर दाजुभाइको दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ । औरहीकी ब्रतालु मन्जु कुमारी यादवका अनुसार, “यस पर्वमा नारीहरूले चुगला पात्रलाई गीतमार्फत गाली गर्दै मनोरञ्जन गर्छन्, जसले समाजमा अनुचित प्रवृत्तिलाई रोक्ने सन्देश दिन्छ ।”

समाजसेवी नागेन्द्र यादवका अनुसार, समाचकेवा पर्व खरनाको रातिबाट सुरु भई कात्तिक पूर्णिमासम्म चल्ने गर्दछ । अन्तिम दिन दाजुभाइले समाचकेवा पात्रलाई घुँडामा राखी फुटाएर नदी वा पोखरीमा बिसर्जन गर्ने चलन छ । यस क्रममा दिदीबहिनीहरूले दही–चिउरा र मिठाई चढाएर पूजा–पाठ गर्छन् ।

यस पर्वले सामाजिक एकता, सहिष्णुता र दाजुभाइ–दिदीबहिनीबीचको अमिट प्रेम बलियो बनाउने विश्वास गरिएको छ ।

छठ पर्वपछि तराईमा मनाइने अन्तिम सांस्कृतिक पर्वका रूपमा समाचकेवा मधेशमा विशेष स्थान राख्दछ। स्थानीय बजारहरूमा माटाका मूर्तिहरू बिक्रीमा राखिएका छन् भने महिलाहरू आफैंले पनि ती मूर्तिहरू बनाउने परम्परा अझै जीवित छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

ताजा अपडेट

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.