Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

पदभार ग्रहण गर्न नपाउँदै नवनिर्वाचित वडाध्यक्ष पक्राउ

२२ मंसिर २०८१, शनिबार १२:४१

सप्तरी- सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पदभार ग्रहण गर्ने क्रममै प्रहरीले पक्राउ गरेको छ । उनीमाथि बलात्कारसहित तीनवटा कसुरमा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

मंसिर १६ गतेको उपनिर्वाचनबाट वडाध्यक्षमा नवनिर्वाचित साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मधुवनी टोलबाट पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु भएको सप्तरी प्रहरीका प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिए । नवनिर्वाचित वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका– १ स्थित माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ ।

सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । साहसहितका ओरोपीविरुद्ध जबर जस्तीकरणी र कर्तव्य ज्यान शीर्षकमा २०७९ साउन १७ गते हुलाकबाट उजुरी प्राप्त भएपछि अनुसन्धान गरिरहेको सप्तरी प्रहरीको दाबी छ । यस्तै २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति बेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीरबन्धक र कर्तव्य ज्यान मुद्दामा पनि जाहेरी दरखास्त पठाइएको थियो ।

उच्च अदालत जनकपुर–राजविराज इजलासबाट २०८० चैत ४ गते अनुसन्धानका लागि परमादेश जारी भएको थियो । उच्च सरकारी वकिल कार्यालय राजविराज मार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा २०८१ साउन ६ गते परमादेश प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । २०८१ साउन १४ गते इलाका प्रहरी कार्यालयमा यो उजुरी पनि दर्ता गरेर साउन १५ गते पक्राउ अनुमति समेत लिइसकेको थियो । ३८ वर्षीय साह वडाध्यक्षमा निर्वाचित भएपछि कार्यभार सम्हाल्न नपाउँदै हिरासत पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

ताजा अपडेट

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

  • सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.