विवेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला–२ निगौल चौकस्थित ऐतिहासिक दुर्गा मन्दिरमा यस वर्ष पनि बडादशैंको अवसरमा भव्य दुर्गा पूजा तथा मेला आयोजना हुने भएको छ।
सोमबार मन्दिर प्राङ्गणमा बसेको भेलाले दुर्गा पूजा समिति–२०८२ गठन गरेको छ। अध्यक्ष राजकिशोर मण्डल, सचिव शत्रुधन महरा र कोषाध्यक्ष मनोज ठाकुर चयन भएका छन्।
मेलालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन सुरक्षा मापदण्ड पालना गरिने समितिले जनाएको छ। दशैंमा हरेक वर्षझैं यस वर्ष पनि हजारौं श्रद्धालु उपस्थित हुने अपेक्षा गरिएको छ।




