काठमाडौंँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।
गत ११ वैशाखका लागि तय गरिएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि सुरु भएको थियो।
यस परीक्षामा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए।




