Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

उखुको अनुदान कटौति भएपछि किसान आन्दोलित

२१ श्रावण २०८२, मंगलवार २२:२०

हरिवन, २० साउन – सरकारले यो वर्षदेखि उखुको अनुदान रकम कटौति गरेपछि किसानले आजबाट आन्दोलन सुरु गरेका छन् ।

किसानले आज आ–आफ्नो जिल्लाको चिनी मिल अगाडि टायर बालेर प्रदर्शन गर्दै उखुको अनुदानका लागि आन्दोलन प्रारम्भ गरेका हुन् । देशभरमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा तीनवटै चिनी मिल अगाडि किसानले प्रदर्शन गरेका छन् ।

इन्दुशङ्कर चिनी उद्योग हरिवन, अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह अगाडि उखु किसानले प्रदर्शन गरेका हुन् । आन्दोलित उखु किसानले २०६६ सालमा कडा आन्दोलन गरेपछि प्रदान गर्न थालिएको उखुको अनुदान रकमलाई निरन्तरता दिन, गत वर्ष बिक्री गरिएको उखुको सरकारले निर्णय गरे बमोजिम प्रतिक्विन्टल ७० रुपियाँका दरले हुन आउने एक अर्ब ६० करोड रुपियाँ तुरुन्त भुक्तानी गर्न र उखुको मुल्य निर्धारण गर्दा उखु किसानका प्रतिनिधि, सरकारका प्रतिनिधि र चिनी उद्योगबिच वार्ता गराउन माग राखेका छन् ।

सरकारले गत वर्षको अनुदान बापत प्रदान गर्नुपर्ने प्रतिक्विन्टल ७० रुपियाँको साटो ३५ रुपियाँ मात्रै दिने चर्चा भइरहेको भन्दै त्यो मान्य नहुने उखु किसानको भनाइ छ । साउन महिनाभित्र माग सम्वोधन नभए भदौ ८ गतेदेखि देशभरका उखु किसान काठमाडौंको माइतीघरमा गएर धर्नामा बस्ने केन्द्रीय उखु सङ्घर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीले जानकारी दिए ।

उखुको अनुदानलाई निरन्तरता दिन माग गर्दै प्रधानमन्त्री, कृषि मन्त्रीलगायतलाई भेटेर भद्र ढङ्गले ज्ञापन पत्र बुझाउने काम गरिसकेको भन्दै साउन महिनाभित्र आफूहरुको माग सम्वोधन हुने आन्दोलित उखु किसानले आश व्यक्त गरेका छन् ।

उखु किसान सङ्घर्ष समितिका सह–संयोजक उप्रेतीले उखुको अनुदान रकमलाई कटौति गरे किसानले उखु खेती छाड्दै जाने र चिनी मिल बन्द हुने अवस्था आएर देशभरमा चिनीको हाहाकार हुने अवस्था आउने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.