Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

रौतहटका रिजवान बढ्ई: युवाको आवाज बन्न सफल संघर्षशील नेतृत्व

२१ श्रावण २०८२, मंगलवार २२:४८

रौतहट, साउन २० – “हुने बिरुवाको चिल्लो पात” भनेझैं, रौतहट जिल्लाको कटहरिया नगरपालिका–२, जमुनियाका युवा रिजवान बढ्ई आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा छुट्टै पहिचान बनाउन सफल भएका छन्। बाल्यकालदेखि नै बाल क्लबको यात्राबाट सुरु भएको उनको सामाजिक अभियान अहिले गैरनाफामूलक संस्था तथा राष्ट्रिय युवा कार्यक्रमहरूसम्म फैलिएको छ।

हाल उनी नेपाल युवा नेतृत्व विकास केन्द्रका अध्यक्ष तथा नमस्ते नेपालका मधेश प्रदेश संयोजकका रूपमा क्रियाशील छन्। विगत ७ वर्षदेखि स्थानीय तहमा युवासँग प्रत्यक्ष काम गर्दै आएका बढ्ईले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सामाजिक रूपान्तरणका परियोजनाहरूमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

नेपाल युवा नेतृत्व विकास केन्द्र मार्फत उनले युवा नेतृत्व, सशक्तिकरण, वकालत, लैङ्गिक हिंसा, बालविवाह, दाइजो प्रथा र महिला हिंसाको अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। युवालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न तालिम प्रदान गर्दै, उनले समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा जगाएका छन्।

त्यही प्रेरणाले उनले हालै नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्द्वारा आयोजित “संघीय नमुना युवा सांसद अभ्यास–२०८२” मा रौतहट प्रतिनिधित्व गर्दै सहभागी भए। कार्यक्रममा उनी प्रतिपक्ष दलका प्रमुख नेताका रूपमा चयन भइ शिक्षा, स्वास्थ्य, कृषि, र रोजगारीका विषयमा धारिलो मन्तव्य दिएका थिए।

बढ्ईले मन्तव्यमा भनेका थिए, “मधेश प्रदेशका माध्यमिक विद्यालयहरूमा ९० विद्यार्थीको तुलनामा १ शिक्षक छन् भने आधारभूत तहमा ६४ विद्यार्थीमा १ शिक्षकले पठनपाठन गराउनुपरेको अवस्था छ। यस्तै अन्य प्रदेशमा २८ विद्यार्थीमा १ शिक्षकको दरबन्दी छ। यस्तो शिक्षामा असमानता कहिलेसम्म?”

स्वास्थ्य सेवाबारे उनले चिन्ता व्यक्त गर्दै भने, “मधेश प्रदेशका धेरै स्वास्थ्य चौकीहरूमा जीवनजल र पारासिटामोल बाहेक औषधि पाउन गाह्रो छ। तर सरकारले ९८ प्रकारका औषधि निःशुल्क दिएको घोषणा गर्छ। त्यो कहाँ पुगेको हो?”

रोजगारीको सन्दर्भमा पनि उनले तथ्य प्रस्तुत गरे, “२०७९ सालदेखि ११ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। सरकारले स्वदेशमै रोजगारी दिने बताउँछ, तर त्यो कहाँ छ?”

समाजमा सुधार ल्याउन, युवालाई सचेत, सक्षम र नेतृत्वदायी बनाउने उद्देश्यले काम गरिरहेका रिजवान बढ्ई जस्ता युवाहरू देशको लागि आशाको किरण हुन्। उनीजस्ता प्रतिबद्ध, साहसी र क्रियाशील युवाले नै समाजलाई उज्यालो दिशामा लैजान सक्ने विश्वास नागरिकहरूमा बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

गौशाला बहु सांस्कृतिक कला केन्द्रद्वारा समा–चकेवा प्रतियोगिता आयोजना

मोहम्मद अफताब आलम अस्वस्थ, भेन्टिलेटरमा राखेर उपचार हुँदै

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.