Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

सनराइज इङ्लिस बोर्डिङ स्कुलमा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

८ भाद्र २०८२, आईतवार १९:३०

सर्लाही जिल्ला हरिवन नगरपालिका वार्ड नं ११ स्थित सनराइज इङ्लिस बोर्डिङ स्कुलमा महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा महिला शिक्षिकाहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयमा कार्यरत महिला शिक्षिकाहरूले शुभकामना साटासाटसँगै दर खाने परम्परागत कार्यक्रमलाई पनि भव्य रूपमा सम्पन्न गरेका थिए। साथै विद्यालयको तर्फबाट शिक्षिकाहरूलाई सिंगारका सामग्रीहरू वितरण गरिएको थियो।

कार्यक्रम विद्यार्थीहरूको पठनपाठनमा असर नपुग्ने गरी आयोजना गरिएको थियो। यस अवसरमा सहभागी शिक्षिकाहरूले तीज पर्वलाई धार्मिक संस्कार र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने माध्यमका रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए। साथै समाजमा विद्यमान विकृति र विसंगतिहरुमा रोक लगाउँदै संस्कृतिप्रति सजग बन्नुपर्ने सन्देश पनि दिइएको थियो।

विद्यालयका प्रबन्ध निर्देशक प्रबेश पोखरेलले पठनपाठनसँगै संस्कृति र संस्कारलाई संरक्षण गर्दै लोकपरम्परा जोगाउन यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार, विद्यालयले शैक्षिक गतिविधिसँगै सामाजिक र सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ, जसले विद्यार्थी र समुदायलाई दुवैलाई सकारात्मक प्रभाव पुर्‍याइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

ताजा अपडेट

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.