Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

रुबी हत्या प्रकरण अपडेट : जलेका मुख्य आरोपी लक्ष्मण पासवानलाई उपचारका लागि कीर्तिपुर पठाइयो

११ भाद्र २०८२, बुधबार १४:४२

रौतहट- रौतहटमा निकै चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ। प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि कीर्तिपुर स्थित बर्न सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचामा पासवान आफैंले डिजेल खन्याई शरीरमा आगो लगाएका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार गरी तुरुन्तै अस्पताल पु¥याएको थियो। प्रहरी स्रोतका अनुसार उनको टाउकोसहित शरीरको धेरै भाग जलेको छ र बोल्नसमेत गाह्रो भएको छ।

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक २६ वर्षीया रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो। सुटकेस डोरीले बाँधिएको अवस्थामा भेटिएकोले यसलाई योजनाबद्ध हत्या ठानिएको थियो। अनुसन्धानबाट प्रारम्भिक रूपमा खुलेको तथ्यअनुसार, पासवानले गौरस्थित डेरामा रुबीको हत्या गरी शव सुटकेसमा राखेर इ–रिक्सामा लैजान खोजेका थिए। तर, रिक्सामा समस्या आएपछि सुटकेस त्यही छाडेर भागेका थिए। प्रहरीले अनुसन्धानका क्रममा ५०० रुपैयाँ भाडामा संलग्न रिक्साचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पासवानमाथि शंका पुष्टि भएको हो।

प्रहरीका अनुसार लक्ष्मण पासवान रुबीप्रति अत्यधिक आसक्त थिए। उनले आफ्नो हात, छातीलगायत शरीरका विभिन्न भागमा ‘रुबि कुमारी’ लेखिएका ट्याटु खोपेका थिए। प्रहरीले यसलाई प्रेमप्रेरित हत्याको रुपमा लिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.