Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

रुबीको हत्या आरोपी लक्ष्मणको उपचारका क्रममा मृत्यु

११ भाद्र २०८२, बुधबार १९:५२

रौतहट — रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधबार साँझ मृत्यु भएको छ । लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रुबीको हत्यापछि लक्ष्मण फरार भएका थिए । माधोपुर गाउँनजिक शरीरमा मट्टितेल खन्याएर आत्महत्याको प्रयास गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले उनलाई उपचारका लागि बुधबार बिहान अस्पताल लगेको थियो ।

रुबीको हत्या गरी फरार माधोपुर घर भएका पासवान बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा माधोपुर गाउँमा फेला परेका हुन् । उनलाई तत्कालै स्थानीय अस्पताल पुर्‍याइएको थियो । शरीरको अनुहारलगायत भाग जलेर गम्भीर घाइते भएका पासवानको उपचारका क्रममा कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले पुष्टि गरेको छ ।

शनिबार साँझ गौरस्थित कोठा रुबी ब्युटी पार्लर जान भनेर निस्किएकी थिइन् । आइतबार भारतको मुजफ्फरपुरस्थित रोक्साटोल घर जाने तयारीका लागि रुबी अनुहारमा फेसियल गर्न पार्लर गएकी थिइन् । उनी फेसियल गरेर बाहिरिएपछि लक्ष्मणले आफ्नो डेरामा बोलाई रुबीको हत्या गरेका थियो ।

सोही राति १० बजेतिर गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । बिहानपख खोलेर हेर्दा रुबीको शव फेला पारेको थियो । रुबीको हत्यापछि मोबाइल अफ गरेर पासवान भारत र घरवरपर लुकेर बसेका थिए ।

आफैंलाई आगो लगाउनुअघि पासवानले ९ मिनेटको भिडियो बनाएका थिए । भिडियोमा उनले रुबीको हत्या गरेदेखि नै आफ्नो हात काँपिरहेको बताएका थिए । रुबीको हत्या स्वीकार्दै उनले भिडियोमा भनेका छन्, ‘मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ । सजाय भोग्न तयार छु ।’ स्कुल पढ्दादेखि नै रुबीसँग आफ्नो गहिरो प्रेम बसेको लक्ष्मणले बताएका थिए । उनले रुबीको घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

ताजा अपडेट

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.