Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

जेनजी प्रतिनिधिहरूको राष्ट्रपति भेट आज, राति सेनाप्रमुखसँग छलफल सम्पन्न

२५ भाद्र २०८२, बुधबार ०८:०२

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार राति जेनजीका प्रतिनिधिहरुसँग आन्दोलनरत पक्षको मागबारे छलफल गरेका छन् । उनले जेनजीका मागबारे बुझ्न भन्दै आन्दोलनरत जेनजी समूहका प्रतिनिधिलाई जंगीअड्डा बोलाएर मंगलबार मध्यरातमा छलफल गरेका हुन् । उनले आन्दोलनको अगुवाई गर्ने विभिन्न समूहका जेनजी प्रतिनिधिहरुलाई आज राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गराउने प्रतिबद्धता जनाएका छन् ।

आन्दोलनको अगुवाई गरेको जेनजीका विभिन्न समूहका प्रतिनिधिसँग आज सेनापति सिग्देल राष्ट्रपति रामचन्द्र पौडेलले वार्ता गर्ने छलफलमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । मंगलबार छलफलमा सहभागी ति प्रतिनिधिका अनुसार सेनापति सिग्देलले आन्दोलनको क्रममा भएको मानवीय क्षतिबारे दुःख व्यक्त गर्दै आन्दोलनरत पक्षलाई वार्ताबाट आफ्नो माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

प्रधानसेनापतिसँगको छलफलमा रक्षा बम, समय खड्का, पुरुषोत्तम यादव, तनुजा पाण्डे, अमीत खरेल, धीरज जोशी, योञ्जन राजभण्डारी, शिव यादव, वर्षा बुढाथोकीलगायत सहभागी थिए ।
उनले विषम परिस्थितिका कारण आफूले आन्दोलनरत पक्ष र राष्ट्रपतिबीच सहजीकरण गर्नुपरेको आवश्यकता औंल्याएको छलफलमा सहभागी प्रतिनिधिले जानकारी दिए । प्रधानसेनापति सिग्देलले यो समूहलाई भेट्नु अघि अन्य प्रतिनिधिहरुलाई पनि भेटेका थिए ।

भ्रष्टाचार नियन्त्रणको माग राख्दै शान्तिपूर्ण आन्दोलनको आव्हान गरेको भए पनि सोमबार सरकारबाट भएको अत्यधिक बल प्रयोग र प्रदर्शनमा संलग्नहरुको हत्यापछि आन्दोलन हिंस्रक बन्न पुगेको जेनजी प्रतिनिधिको ठहर छ । सोमबार मात्रै आन्दोलनमा सहभागी कम्तिमा पनि १९ जनाको मृत्यु भएको थियो ।

जेनजीका प्रतिनिधिहरुले आफ्नो मागबारे प्रधान सेनापति सिग्देललाई जानकारी गराउँदै राष्ट्रपतिसँग वार्ताको लागि सहजीकरण गर्न आग्रह गरेका थिए । ‘हामीले अब सर्वस्वीकार्य नागरिक सरकार बन्नुपर्ने र सोही सरकारको नेतृत्वमा निर्वाचन हुनुपर्ने माग राख्यौं,’ छलफलमा सहभागी ति प्रतिनिधिका अनुसार मागबारे थप छलफलका लागि आज पनि अन्य प्रतिनिधिहरुसहित प्रधान सेनापतिसँग वार्ताको तयारी छ । जेनजी प्रतिनिधिहरुले अबको राजनीतिक निकास लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्ने र यसले आन्दोलनरत जेनजीको मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

छलफलको क्रममा प्रधानसेनापति सिग्देलले जेनजीको माग सम्बोधन गर्न राष्ट्रपतिसँग वार्ताको लागि सहजीकरण गर्ने बताएका थिए । ‘हामीले जेनजीको माग सम्बोधन हुने गरी नयाँ व्यवस्थामा देशलाई लैजाने बिषयमा सहजीकरणको लागि पनि अनुरोध गर्यौं,’ ति प्रतिनिधिले भने, ‘देशभर आन्दोलनमा होमिएका जेनजी प्रतिनिधिसँग छलफल गरेर विस्तृत रुपमा लिखित माग पेश गर्ने जवाफ दिएका छौं ।’

आन्दोलन हिंस्रक बनेर नियन्त्रणबाहिर गएपछि सेनाले मंगलबार राति १० बजेदेखि सुरक्षा गस्ती सुरु गरेको छ । प्रधानसेनापति सिग्देलले मंगलबार साँझ भिडियो सन्देश जारी गर्दै आन्दोलनरत जेनजी समूहलाई वार्ताको लागि आउन आव्हान गरेका थिए । जेनजीहरुको आन्दोलनकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिइसकेका छन् । जेनजीहरुले भ्रष्टाचार अन्त्यका लागि पछिल्ला ३० वर्षमा उच्च पदमा बसेकाहरुले गरेको भ्रष्टाचारको छानबिन गर्नुपर्ने र सोही अनुसार कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।
यसबाहेक, आन्दोलनको क्रममा प्रदर्शनकारीको हत्यामा संलग्न सुरक्षा अधिकारी र तिनीहरुलाई निर्देशन दिने व्यक्तिमाथि छानबिन र कारबाहीको माग समेत आन्दोलनरत जेनजीहरुले उठाएका छन् ।

मंगलबार भएको आन्दोलनको क्रममा संघीय संसद भवनसहित प्रमुख प्रशासकीय भवन सिंहदरबार, राष्ट्रपति निवास, मन्त्री निवासमा तोडफोड र आगजनी भएको छ । यसका साथै, राजधानीसहित देशका अन्य जिल्लामा भएका महत्वपूर्ण सरकारी र निजी भौतिक संरचनामा क्षति पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र राजीनामा दिएका प्रधानमन्त्री ओली नेपाली सेनाको सुरक्षा घेरामा रहेको बताइएको छ । आन्दोलनकारीले मंगलबार पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देऊवा र उनका पत्नी परराष्ट्र मन्त्री आरजु देउवा राणालाई घरबाटै नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई बुझाएका थिए । योबाहेक अन्य दलका नेताहरुलाई कुटपिट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

ताजा अपडेट

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

  • सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.