Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

पर्यटन प्रवर्द्धनका लागि फल्चा निर्माण

२८ आश्विन २०८२, मंगलवार ०६:५०

गुल्मी, असोज २८ गते । गुल्मीको सदरमुकाम तम्घासमा पर्यटन प्रवर्द्धनका लागि फल्चा निर्माण गरिएको छ । पछिल्लो समय काठमाडौँसहित देशका प्रमुख सहरमा फल्चा निर्माण भइरहेकाबेला गुल्मीमा पनि पर्यटक र यात्रुका लागि दुई वटा फल्चा निर्माण गरिएको हो ।

रेसुङ्गा नगरपालिकाको सहयोगमा तम्घासको बसपार्क नजिकै र भगवती मन्दिरमा फल्चा निर्माण गरिएको हो । जिल्लाका लागि फल्चा नयाँ संरचना हो । पहाडी जिल्लामा पनि पुराना संरचना पौवाहरू भए पनि अहिले नयाँ ढङ्गले प्रतीक्षालयका रूपमा फल्चा निर्माण हुँदै आएका रेसुङ्गाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनका अनुसार तम्घासमा भने कारागारका कैदीबन्दीको काष्ठकला प्रयोग गरेर निर्माण गरिएको छ । “बसपार्क नजिक इन्द्रवीर थापाले निर्माण गरेको १५० वर्ष पुरानो इन्द्र पौवा थियो । यो पौवा जीर्ण भएपछि सोही ठाउँमा अहिले फल्चा निर्माण गरिएको छ”, उनले भने ।

यो पौवाको गरिमाको विषयमा केही आलोचना भए पनि आधुनिकताका नाममा पुराना कला र संस्कृति लोप हुँदै गएपछि पौवाको ठाउँमा फल्चा निर्माण गरिएको नगरप्रमुख पन्थीले बताए । कैदीबन्दीको सीपको प्रदर्शन र स्थानीय सामग्रीको उपयोगबाट पुरानै काष्ठकलामार्फत फल्चा निर्माण गरिएको जनाउँदै उनले गत वर्ष एउटा र अहिले दुई वटा फल्चा निर्माण थालिएको उल्लेख गरे ।

ट्राफिक कार्यालय अगाडि निर्माण भएको फल्चाका कारण पैदलयात्री तथा ट्राफिक कार्यालयमा आएका सेवाग्राहीलाई फल्चा विश्रामस्थल बनेको छ । काष्ठकलामा निकै अब्बल कैदीबन्दीका सामग्री पछिल्लो समय सरकारी तथा गैरसरकारी थुप्रै संरचनामा प्रयोग हुँदै आएका छन् । नगरले काफलपानी निर्माण सेवामार्फत कैदीबन्दीले निर्माण गरेको काष्ठ सामग्री फल्चामा प्रयोग गरेको हो । दुई वटा फल्चा १०/१० लाखको लागतमा निर्माण भएको नगरपालिकाले जनाएको छ ।

गुल्मी कारागारका चौकीदार हरि थापाले आफूहरूले बाहिर निर्माण गर्दा लाग्ने लागतको ५० प्रतिशत कममा फल्चासहितका पूर्वाधारमा काम गरेको बताए । पछिल्लो समय कारागारमा काष्ठकला र फर्निचरको काममा हुँदै आएको छ । वार्षिक रु तीन करोड ५० लाखभन्दा बढीको कारोबार हुने कारागारबाट कैदीबन्दीले न्यूनतम रु सात हजारदेखि रु ४५ हजारसम्म कमाउने गरेका उनले जानकारी दिए ।

थापाले विद्यालय, मन्दिर, गाउँपालिका भवन, सभाहललगायत ठाउँमा कारागारको सीप प्रयोग भएको बताउनुभयो । उनले भने, “फल्चामा पनि उत्कृष्ट मेहनत गरेका छौँ । सस्तो र गुणस्तरीय भएकाले फल्चाबाहेक थुप्रै सरकारी संरचनामा कैदीबन्दीको सीप पुगेको छ ।”

“कारागारमा सबैभन्दा बढी मूल्यपर्ने अष्टनागको आकृतिसहित सालको काठको चौकोश निर्माण हुन्छ । जसको मूल्य रु आठ लाख पर्दछ । एउटा चौकोश निर्माण गर्न तीन जना जनशक्तिले एक महिनामा काम गर्नुपर्छ । त्यस्तै, भक्तपुरे आँखी झ्याल, फोटो फ्रेम, दराज टेबलसहितका आवश्यक सबै फर्निचर सामग्री निर्माण गर्ने गरिएको छ”, थापाले भने ।

त्यस्तै, नेपालको प्रसिद्ध धाम रुरुक्षेत्रमा भरतपुर महानगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको साझेदारीमा आकर्षक फल्चा निर्माण गरिएको छ । रुरु क्षेत्र गाउँपालिका–१, रिडीमा फल्चा निर्माण गरिएको हो । नीलकण्ठ कन्स्ट्रक्सनले रु ३२ लाख २६ हजार ८९१ को लागतमा फल्चा निर्माणको सम्झौता गरेर फल्चा निर्माण गरेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

रुरुक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ । सोही सम्बन्धका कारण रुरुक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबीच ५०–५० प्रतिशत रकम साझेदारीमा रिडीमा फल्चा, विष्णु मूर्तिसहितका पर्यटकीय संरचना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष ज्ञवालीले बताए । रिडी बजार र कालीगण्डकी तटीय क्षेत्रलाई केन्द्रमा राखेर संरचना निर्माण तथा पुराना संरचना संरक्षण एवं लामाचौपारीमा ठुलो मन्दिर निर्माण कार्यसमेत अगाडि बढाइएको उनले जानकारी दिए ।

अध्यक्ष ज्ञवालीले रुरुक्षेत्र धाम आफैँमा प्रसिद्ध भए पनि आवश्यक पर्यटकीय संरचना निर्माणको काममा आफूहरूले चासो दिएको बताए । फाल्चा निर्माणसँगै यात्रुलाई आश्रम लिन सहज हुनुका साथै मौलिक सीपबाट बनाइएकाले हाम्रा सम्पदाको प्रचारप्रसार हुने उनले विश्वास व्यक्त गरे। यो पर्यटन प्रवर्द्धनका लागि पनि महत्त्वपूर्ण कदम हुने उनको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.