Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

केरा खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय

२८ आश्विन २०८२, मंगलवार ०६:५४

दाङ, असोज २८ गते । राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केरा खेतीमा लागेका छन् । उनले केरा खेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका हुन् ।

अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केरा खेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केरा खेतीमा लागेको रोकायले बताए।

“अरू खेतीपातीभन्दा केराबाट आम्दानी बढी हुने देखेर यसमा लागेको हो”, उनले भने, “पहिले मैले पसल (फेन्सी) व्यवसाय गर्दै आएको थिएँ, अहिले त्यो व्यवसाय छोडेर केरा खेतीमा लागेको हुँ ।” पहिले परीक्षणका रूपमा चार कट्ठा जमिनबाट सुरु गरेको खेती अहिले दुई बिघामा विस्तार गरेको उहाँले जानकारी दिए । यो वर्षदेखि अरू साढे एक बिघामा केरा खेती विस्तार गर्ने तयारी गरेको उनले बताए ।

जिनाइन र मालभोग जातको केरा खेती गरिरहेको जनाउँदै रोकायले सिसहनिया गाउँमा अधिकांश किसानले केरा खेती गर्न थालेका बताए । गत वर्षमा केराको व्यापार प्रशस्त रहेको भन्दै एक याममा रु चार–पाँच लाख आम्दानी हुने उहाँले जानकारी दिए । “यस वर्ष भारतीय केराले नेपाली बजार ढाकेको छ । ती केराले नेपाली केराको मूल्य निर्धारण गरिदिने गरेकाले मूल्यमा गिरावट आएको छ”, उनले भने ।

व्यापारीले दर्जनको रु २०–२५ का दरले मूल्य निर्धारण गरेपछि किसानलाई मर्का परेको रोकायको भनाइ छ । “भारतको केरा सस्तो हुने र यहाँ उत्पादित बिक्री नहुने भएकाले केरा बिक्री गर्न समस्या हुँदै आएको छ”, उनले भने । स्थानीय तह र प्रदेश सरकारले प्राविधिक तथा विशेष सहयोग गर्नुपर्नेमा उनले जोड दिए । हामी आफैले किसान, विशेषज्ञ र व्यापारी बन्नुपर्छ, यसले थप समस्या भइरहेको छ । स्थानीय र प्रदेश सरकारले प्राविधिक सहयोग गरेमा खेती गर्न सहज हुने थियो”, उनले भने ।

रोकायका अनुसार यहाँ केरा प्रवर्द्धन कृषक समूह गठन गरिएको छ । सो समूहले किसानका समस्याका विषयमा छलफल गर्ने र समाधानको उपाय खोजी गर्ने गरेको उहाँले बताउनुभयो । केराको बिक्री गर्न, काँटछाँट, रेखदेख गर्न र मल हाल्न तीन स्थानीयलाई रोजगारी दिएको भन्दै तुलसीपुर, घोराही, लमही बुटवलका व्यापारी घरमा आएर खरिद गर्ने गरेको उनले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आव २०८१/०८२ मा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केरा खेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिकटन केरा उत्पादन भएको केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

जिल्लामा केराखेतीको प्रशस्त सम्भावना रहेको उनले बताए । पछिल्लो समयमा केरा खेती गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जनाउँदै उहाँले केराको बजार माग पनि बढिरहेको उल्लेख गर्नुभयो । खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदान दिने गरेको प्रमुख भण्डारीले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.