Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

गौशालामा प्रहरीद्वारा मन्दिर परिसरमा सरसफाइ अभियान सम्पन्न

२९ आश्विन २०८२, बुधबार २१:४३

लभ ठाकुर, गौशाला । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित दुर्गा मन्दिर, जल्पा मन्दिर र गणेश मन्दिर परिसरमा इलाका प्रहरी कार्यालय गौशालाले बुधबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

मन्दिर क्षेत्रको सौन्दर्य संरक्षण र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यले गरिएको उक्त सरसफाइ अभियानमा इलाका प्रहरी कार्यालय गौशाला र ट्राफिक प्रहरी कार्यालय गौशालाका कर्मचारीहरूका साथै स्थानीय बासिन्दा र भक्तजनहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

चाडपर्व नजिकिँदै गर्दा बजार क्षेत्रमा फोहरमैला बढेको र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिए। उनले आगामी दिनमा पनि सार्वजनिक स्थल, विद्यालय र धार्मिक स्थानहरूमा यस्ता सरसफाइ अभियान निरन्तर सञ्चालन गरिने बताए ।

प्रहरी निरीक्षक लामाको संयोजकत्वमा सम्पन्न सरसफाइ कार्यक्रममा गौशाला नगरपालिका–५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता, श्री दुर्गा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू तथा विभिन्न व्यापारीहरूको समेत सहभागिता रहेको थियो ।
यसैबीच, दुर्गा मन्दिर परिसरमा मोटरसाइकल पार्किङका कारण मन्दिरको सौन्दर्यमा असर परेको भन्दै पुजारीले गुनासोसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.