Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

नेपालले सामाओलाई दियो २१२ रनको लक्ष्य

१ कार्तिक २०८२, शुक्रबार १७:४५

काठमाडौँ, असोज ३१ गते । आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले सामाओलाई २१२ रनको विजयी लक्ष्य दिएको छ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दिपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारीसहित २११ रन बनाएको छ। नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको हो।

नेपालका लागि आफिस शेख र कुशल भुर्तेलले पहिलो विकेटको लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै क्याच आउट भएका थिए।

कुशल भुर्तेलले १७ रन बनाउँदा तेस्रो क्रममा आएका दिपेन्द्र सिंह ऐरीले पनि अर्धशतकीय पारी खेले। उनले ३३ बलमा २ चौका र ४ छक्का प्रहार गरेर ५३ रन बनाए। आरिफ शेखले ९ ले बनाए। रोहित पौडेल २१ र लोकेश बम ३९ रनमा अपराजित रहे।

सामाओका लागि डेनिअल बुरगेस, साउमानी तिआइ,दरिउस विसर र नोआ मिडले १–१ विकेट लिए। आजको खेलमा नेपालले सामाओलाई पराजित गरेमा नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि जित्नेछ।

नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रन, दोस्रो खेलमा कतारलाई ५ रन र तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गरेको थियो। सामाओले भने सुपर सिक्सको तीनै खेलमा हार बेहोरेको छ। एसिया र पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटबाट नेपाल, ओमान र यूएईले विश्वकपमा स्थान बनाइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.