Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

देशभर सम्मेलनको माग राखेर माइतीघरमा जेन-जीको धर्ना

८ कार्तिक २०८२, शुक्रबार १९:१८

काठमाडौं , कात्तिक ७ गते ।  जेन-जीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेन-जी सम्मेलन गर्न माग गरेको छ। जेन-जीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतीघरमा धर्ना दिने क्रममा उनीहरूले सबै जिल्लामा जेन-जी सम्मेलन र काठमाडौंमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरे।

उनीहरूले आफूहरू एकजुट हुँदै एकता र समर्पण खोजिरहेको बताए। यो समयमा कुनै पनि गुटबन्दी र विभाजन आफूहरूलाई सह्य नभएको बताउँदै उनीहरूले सबै जिल्लामा जेन-जी सम्मेलन आयोजना गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

‘सबै जिल्लामा जेन-जी सम्मेलन गरी काठमाडौँमा केन्द्रीय जेन-जी सम्मेलन आयोजना गर्नुपर्छ, जहाँ सम्पूर्ण देशबाट जेन-जीको प्रतिनिधित्व हुनेछ,’ जेन-जी प्रतिनिधि सदिक्षा राईले भनिन्, ‘सम्मेलनमार्फत प्रदेशगत प्रतिनिधि छनोट गरिनेछ।’

उनले वर्तमान सरकार केवल नेताहरूको नभई जनता र सहिदको सपना बोकेको सरकार भएको बताइन्। ‘यो सरकार सहिदहरूको बलिदानबाट जन्मिएको हो, सरकारले नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको जिम्मेवारी रक्षा गर्नुपर्छ,’ उनले भनिन्।

राईले वर्तमान सरकार जेन-जी पुस्ताको पनि अभिभावक भएको बताइन्। उनले सरकार पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुलुक संकटमा परेको अहिलेको समयमा एकता र सहकार्य महत्वपूर्ण भएको धारणा राखिन्।

धर्नामा सहभागी मदन कार्कीले जेन-जीका नाममा विभिन्न पार्टी वा समूहमा लागेर विभाजन नहुन आग्रह गर्दै देशभरका जेन-जीहरू एकजुट हुन आह्वान गरे। ‘मुलुकभरका सबै जेन-जीहरू एकजुट हुन आवश्यक छ, यसका लागि सरकारले हामीलाई सहयोग गर्नुपर्छ, जेन-जी एकजुट हुन सरकारको साथ आवश्यक छ,’ जेन-जी आन्दोलनका घाइतेसमेत रहेका कार्कीले भने।

धर्नामा सहभागीहरूले ‘जेन-जीका माग पूरा गर’, ‘सहिदको रगत नबिर्स’, ‘देशका घाउ, हाम्रो जिम्मेवारी’, ‘सहिदहरूको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी’, ‘राष्ट्र पहिले अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौँ, एक हौँ’ लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। धर्नामा जेन-जी आन्दोलनका घाइते, सहिद परिवारको पनि सहभागिता थियो।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र त्यसले उठाएका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले धर्ना दिएका हुन्। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.