Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

मधेशमा छठको माहोल : नदीघाट सफाइ र सजावटको काम तीव्र

१० कार्तिक २०८२, आईतवार ०६:५५

गोविन्द महतो
जनकपुरधाम |
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई–मधेसवासीको महत्वपूर्ण पर्व छठको रौनकता छाएको छ। मधेसको स्थायी राजधानी जनकपुरधामसहित तराई– मधेसका जिल्लाहरूमा जोडतोडका साथ छठ पर्व मनाउन श्रद्धालु आवश्यक जोहोमा लागेका छन्।

तराई–मधेसका मुख्य पर्वहरूमध्ये मिथिलानी, थारू तथा भोजपुरी महिलाहरूको विशेष कठोरताको पर्वका रूपमा रहेको छठको तयारी जनकपुरधामसहित तराई–मधेसका जिल्लाहरूमा रौनक देखिएको छ। यो पर्वलाई यहाँ सबैभन्दा ठूलो एवं प्रकृति र संस्कृतिसँग जोडेर हेर्ने गरिन्छ।

नियम, निष्ठा र विधिविधानपूर्वक मनाइने साझा संस्कृतिका रूपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरूको जोहो र किनमेल गर्न सर्वसाधारण अहिले व्यस्त छन्। बाँसका डाला, नाङ्ला, ढकिया, कनसुप्ती र माटाका सामग्रीलगायत छठ पर्वमा आवश्यक पर्ने नरिवल, सख्खर किनमेल गर्न सर्वसाधारण बजारमा किनमेल गर्न व्यस्त छन्।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रूपमा समापन हुनेछ। छठ पर्व व्रत अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायत खाद्यवस्तुहरू अनिर्वाय रूपमा बार्ने प्रचलन रहेको मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा संस्कृतिविद् रामभरोष कापडी ‘भ्रमर’ बताउँछन्। ‘छठमा चढाइने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको छ। यस पर्वमा सामान्य रूपमा नभै पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुकाएर, पिँधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वलाई अन्य पर्वभन्दा फरक बनाएको हो’ संस्कृतिविद् कापडीले भने।

मधेसी समुदायका बीचमा मनाइँदै आएको यो महत्वपूर्ण छठ पर्व केही वर्षयतादेखि यहाँका पहाडी समुदायबीचमा समेत लोकप्रिय हुँदै गएको छ। प्रत्येक वर्ष छठ पर्व मनाउने मिथिलानी महिलासँगै नेपाली समुदायका महिलाहरूसमेत छठ पर्व मनाउन थालेको बर्दिबासकी रीता लामा बताउँछिन्।

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणार्थ मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर, अग्निकुण्ड, रत्नसागर, बाल्मिकी सर, दशरथ तलाउलगायत दर्जनौं पोखरी र सरोवरहरूलाई विभिन्न संघसस्ंथा र युवा कल्बहरूले सरसफाइ गरी बिजुली, पण्डाल लगायतका व्यवस्था मिलाईएको जानकी चोकका युवा सुशल कर्णको भनाइ छ।

भगवान् सूर्य देवको उपासना गरिने छठमा व्रतालुले भाकलअनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ। छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन एक बिहानै नुहाइधुवाइ गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा छ। तराई–मधेसमा यस विधिलाई साँझको अर्घ अर्थात् ‘सझुका अर्घ’ भनिन्छ।

पोखरी, इनार, तलाउ, नदी, आदि ठाउँहरूमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत् रूपमा सम्पन्न हुन्छ। -अन्नपुर्ण पोस्ट

प्रतिक्रिया

सम्बन्धित समाचार

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

ताजा अपडेट

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

  • सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.