Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

महोत्तरीमा भारी वर्षाको सम्भावना, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

१४ कार्तिक २०८२, बिहीबार ०९:०४

बिबेक कुमार महतो
महोत्तरी।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी केही दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १३ कात्तिकदेखि १५ कात्तिकसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना जनाएको सूचनालाई आधार मानेर महोत्तरी प्रशासनले चेतावनी जारी गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय कुमार पोखरेलले जारी गरेको सूचनामा वर्षा तथा बाढी–डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ—

“भारी वर्षाको अवस्थामा सवारी साधन रोक्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र विशेष गरी रातको समयमा यात्रा नगर्नुहोस्।”

त्यस्तै, जोखिमपूर्ण नदी किनारका बस्तीमा रहेका नागरिकलाई डुबान हुन सक्ने ठाउँ पहिचान गरी स्थानीय तहले तोकेको सुरक्षित स्थानमा सर्ने तयारी गर्न सुझाव दिइएको छ।

प्रशासनले जिल्लाभरका सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायहरूलाई कार्ययोजना अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ।

धान लगायतका बालीहरू वर्षाको जोखिममा नपर्ने गरी तुरुन्तै भित्र्याउन किसानलाई पनि अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सतर्क रहँदै सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ र कुनै पनि आपतकालीन अवस्था देखा परेमा स्थानीय तह वा सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

ताजा अपडेट

  • सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

  • Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

  • गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

  • नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

  • मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.