सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा अवस्थित जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा फुड फेस्टिभल सम्पन्न भएको छ। क्याम्पस परिसरभित्रै आयोजना गरिएको उक्त कार्यक्रम क्याम्पस कार्यालयमा सम्पन्न भएको हो, जसले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गरेको छ।

फुड फेस्टिभलमार्फत BBS चौथो वर्षका विद्यार्थीहरूले किताबीय ज्ञान मात्र नभई व्यापार र व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान सिक्ने अवसर पाएका छन्। कार्यक्रममा विद्यार्थीहरूले साधेको चाउचाउ, चना, चौमिन, मोमो, पानीपुरी, चटपटे लगायतका विभिन्न परिकारका फुड स्टलहरू सञ्चालन गरेका थिए, जसले उनीहरूको उद्यमशीलता र व्यवस्थापन सीपलाई उजागर गरेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले विद्यार्थीहरूलाई किताबीय ज्ञानसँगै जीवनोपयोगी सीप र व्यवहारिक ज्ञान सिकाउँदै आइरहेको बताउनुभयो। त्यस्तै सह–क्याम्पस प्रमुख शिवहरी नेपाल झुलेले वर्तमान युगमा विद्यार्थीहरूलाई शैक्षिक ज्ञान मात्र नभई व्यापारिक तथा जीवन उपयोगी ज्ञान अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।







You must be logged in to post a comment.