सर्लाही जिल्लाको चन्द्रनगरस्थित दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सुरक्षित इन्टरनेट प्रयोग, साईबर जोखिमहरू तथा जिम्मेवार डिजिटल व्यवहारबारे जानकारी प्रदान गरिएको थियो। कक्षा ९ र १० का १०० जनाभन्दा बढी विद्यार्थी भाइबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो।

जनज्योति बहुमुखी क्याम्पसको आयोजनामा “साईबर सुरक्षा आजको आवश्यकता, भोलिको सुरक्षा” भन्ने मूल नारासहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको नेतृत्व जनज्योति बहुमुखी क्याम्पसका सोबियु समितिले गरेको थियो। उक्त कार्यक्रममा प्रशिक्षकका रूपमा शिल्पा महत्तो र एकता लामिछानेले सहजीकरण गर्नुभएको थियो भने शिक्षकको तर्फबाट नवल किशोर शाहको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जनज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासका लागि यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले डिजिटल युगमा विद्यार्थीहरूका लागि साईबर सुरक्षा तथा डिजिटल सचेतना अत्यन्त आवश्यक रहेको भन्दै यस किसिमका कार्यक्रमले विद्यार्थीहरूलाई सुरक्षित र जिम्मेवार डिजिटल नागरिक बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो।





You must be logged in to post a comment.