Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

११ पुष २०८२, शुक्रबार २०:१०

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस, सुखेपोखरी, हरिवन–सर्लाहीको आयोजनामा नवनिर्मित प्रशासनिक/स्ववियु भवन उद्घाटन, जर्नल विमोचन तथा सम्मान कार्यक्रम दिव्यतासहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम क्याम्पस व्यवस्थापन समिति अध्यक्ष रामसरण उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो भने विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. ज्ञानबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

हरिवन नगरपालिकाको सहयोगमा स्ववियु भवन तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्रशासनिक भवन निर्माण गरिएको हो। कार्यक्रमको संयोजन क्याम्पस प्रमुख हरिलाल मैनालीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लक्ष्मण श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा स्ववियु सभापति हिमाल घिमिरेको समेत विशेष उपस्थिति र सहभागिता रहेको थियो। वक्ताहरूले शिक्षा, अनुसन्धान तथा शैक्षिक पूर्वाधार विकासका विषयमा आ–आफ्ना धारणा राख्दै क्याम्पसको शैक्षिक उन्नयनमा यस्ता संरचनाको महत्त्वबारे चर्चा गरे।

कार्यक्रममा हरिवन नगरपालिकाका नगरप्रमुख कमल बुढाथोकी, हरिवन नगरपालिका वडा नम्बर ९ र १० का वडाध्यक्षहरू, क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू, उपसमितिका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले क्याम्पसको समग्र विकासका लागि सहकार्य, एकता र निरन्तर सहयोग आवश्यक रहेको कुरामा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.