चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस, सुखेपोखरी, हरिवन–सर्लाहीको आयोजनामा नवनिर्मित प्रशासनिक/स्ववियु भवन उद्घाटन, जर्नल विमोचन तथा सम्मान कार्यक्रम दिव्यतासहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम क्याम्पस व्यवस्थापन समिति अध्यक्ष रामसरण उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो भने विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. ज्ञानबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

हरिवन नगरपालिकाको सहयोगमा स्ववियु भवन तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्रशासनिक भवन निर्माण गरिएको हो। कार्यक्रमको संयोजन क्याम्पस प्रमुख हरिलाल मैनालीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लक्ष्मण श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा स्ववियु सभापति हिमाल घिमिरेको समेत विशेष उपस्थिति र सहभागिता रहेको थियो। वक्ताहरूले शिक्षा, अनुसन्धान तथा शैक्षिक पूर्वाधार विकासका विषयमा आ–आफ्ना धारणा राख्दै क्याम्पसको शैक्षिक उन्नयनमा यस्ता संरचनाको महत्त्वबारे चर्चा गरे।

कार्यक्रममा हरिवन नगरपालिकाका नगरप्रमुख कमल बुढाथोकी, हरिवन नगरपालिका वडा नम्बर ९ र १० का वडाध्यक्षहरू, क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू, उपसमितिका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले क्याम्पसको समग्र विकासका लागि सहकार्य, एकता र निरन्तर सहयोग आवश्यक रहेको कुरामा जोड दिएका थिए।






You must be logged in to post a comment.