Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

१८ माघ २०८२, शनिबार २०:१५


सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा अवस्थित जनज्योति बहुमुखी क्याम्पसको आयोजनामा सूचना तथा प्राविधिक शिक्षा (BICTE) अन्तर्गत पहिलो सेमेस्टरका विद्यार्थीहरूको स्वागत तथा आठौँ सेमेस्टरका विद्यार्थीहरूको विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभा अध्यक्षता क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपक अधिकारीको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष कमलप्रसाद पौडेल सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा अतिथिहरूका रूपमा क्याम्पस सहायक प्रमुख तथा BICTE प्रमुख शिवहरी नेपाल, सहायक प्रमुख नारदबहादुर थामी, प्राध्यापक कर्मचारी सङ्घका सभापति भुवन काफ्ले, स्वतन्त्र विद्यार्थी युनियनका सभापति समिर सिंह, स्टुडेन्ट क्वालिटी सर्कल संयोजक एकता लामिछाने, लेखा प्रमुख सुशान्त घिमिरे लगायत क्याम्पसका शिक्षक–कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै BICTE कार्यक्रम अन्तर्गत पहिलो सेमेस्टरदेखि आठौँ सेमेस्टरसम्मका सम्पूर्ण विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवातमा स्टुडेन्ट क्वालिटी सर्कल संयोजक एकता लामिछानेले स्वागत मन्तव्य प्रस्तुत गर्दै नयाँ तथा विदाई हुने विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै प्राविधिक शिक्षाअन्तर्गतका शिक्षक हरिनारायण शाहले वर्तमान शिक्षामा प्राविधिक शिक्षाको महत्व अत्यन्तै बढ्दो रहेको उल्लेख गर्नुभयो। त्यसैगरी BICTE प्रमुख शिवहरी नेपालले जीवनमा सफलता र उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा सँगसँगै अनुशासनमा पनि विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो। क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले क्याम्पसको शिक्षण कार्यक्रममा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिनुभयो।

कार्यक्रमको उद्घोषण विपुल कुशवाहाले गर्नुभएको थियो। स्वागत तथा विदाई कार्यक्रमले विद्यार्थीहरूलाई उत्साहित गर्नुका साथै प्राविधिक शिक्षाप्रति थप प्रेरणा प्रदान गरेको सहभागीहरूको भनाइ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

Loading Comments...

You must be logged in to post a comment.