काठमाडौँ, चैत २० गते ।
शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।
उनी पक्राउ परेको गृहमन्त्री सुधन गुरुङले पुष्टि गरे ।
उनलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी उपस्थित गराइदिन ब्युरोलाई पत्र पठाएको थियो ।




