Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

२२ जेष्ठ २०८३, शुक्रबार २०:४६

हरिवन, सर्लाही । विश्व वातावरण दिवस २०२६ को अवसरमा हरिवन नगरपालिकामा सञ्चालित समृद्धिका लागि वन परियोजना र हाम्रो शहर परियोजनाको आयोजनामा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम वन तथा वातावरण शाखा, हरिवन नगरपालिका तथा बागमती सेवा समाजको संयुक्त आयोजनामा श्री महादेव जनता माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।

प्रतियोगितामा नगरभित्रका १६ वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वन संरक्षण, हरित मार्ग, विपद व्यवस्थापन, इको पार्क, वृक्षारोपण, हरित शहर, वातावरण संरक्षण, हरित विकास तथा दिगो भविष्यसम्बन्धी विषयवस्तुमा आधारित चित्रहरू प्रस्तुत गर्दै विद्यार्थीहरूले आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल तथा विशिष्ट अतिथि शिक्षा शाखाका उपसचिव हरि प्रसाद दाहाल रहनुभएको थियो। कार्यक्रमको सञ्चालन सुवास कुश्वाहाले गर्नुभएको थियो भने समापन श्री महादेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले गर्नुभएको थियो।

प्रतियोगिताको मूल्यांकन समितिमा श्री चुडामणि वाग्ले, रुस स्टालिन चौलागाईं तथा विमल जोशी रहनुभएको थियो।

प्रतियोगिताको नतिजाअनुसार:

– प्रथम: महादेव जनता माध्यमिक विद्यालय
– दोस्रो: चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालय
– तेस्रो: अर्किड विद्यालय
– सान्त्वना: सनराइज विद्यालय र एन्जल एकेडेमी

कार्यक्रममा वातावरण संरक्षणप्रति विद्यार्थीहरूलाई सचेत गराउँदै सिर्जनात्मक माध्यमबाट वातावरणीय सन्देश प्रवाह गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। सहभागी विद्यार्थीहरूले वातावरणीय संरक्षण र दिगो विकासका विषयमा आफ्नो सोच र कल्पनालाई चित्रमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

Loading Comments...

You must be logged in to post a comment.